Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्ष्मी बोम्ब’ मा अक्षय ट्रान्सजेन्डर भूत

एजेन्सी, मुम्बई, 2019/05/18
 
बलिउडका खिलाडी अक्षय कुमार स्टारर फिल्म 'लक्ष्मी बोम्ब' को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो । फिल्मको पहिलो पोस्टरमा अक्षयलाई निकै अलग र अद्वितीय अवतारमा देख्न सकिन्छ । यो फिल्म तमिल फिल्म 'कञ्चना' को हिन्दी रिमेक हो । फिल्ममा अक्षयसँगै लिड रोलमा कियारा आडवाणी हुनेछिन् । 
 
फिल्ममा अक्षय ट्रान्सजेन्डर भूतको रुपमा देखिनेछन् । यसमा अमिताभ बच्चनले ट्रान्सजेन्डर भूतको भूमिका निभाउने चर्चा थियो । पोस्टरमा अक्षय आँखामा गाजल लगाउँदै देखिएका छन् । यो फिल्मका निर्देशक राघव लारेन्स हुन् । फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ । फिल्म अर्को वर्षको ५ अप्रिलमा रिलिज हुनेछ ।  
 
तमिल फिल्ममा कञ्चनाको रोल आर शरद कुमारले निभाएका थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । फिल्मको कहानीमा देखाइएको थियो कि, कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ । रिमेकमा अक्षयले कञ्चनाको भूमिका निभाउँदैछन् । 
 
फिल्म 'लक्ष्मी बोम्ब' लाई तुषार कपूर र शबीना खानले निर्माण गर्दैछन् । फिल्ममा आर माधवन र शोभिता धुलिपाला पनि मुख्य भूमिकामा देखिनेछन् । अभिनेता अक्षयले पहिलो पटक ट्रान्सजेन्डर महिलाको भूमिका निभाउन लागेका हुन् । सार्वजनिक फर्स्ट लुक पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको छ । 
Most Visited News (monthly)