Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेजिनालाई फिल्म चाहियो !

फिल्मीखबर, काठमाण्डौ, 2019/05/18
विवाहपछि अभिनेत्रीको करिअर पाखा लाग्छ भनिन्छ । एकाधबाहेक प्रायः अभिनेत्री घरजम जोडेपछि लगभग फिल्मबाट टाढिएका छन् । फिल्मबाट टाढिनु रहरभन्दा पनि बाध्यता हो । किनकि, विवाहित अभिनेत्रीलाई लिएर फिल्ममेकर जोखिम उठाउन चाहँदैनन् । अनि, फिल्म नै हातमा नपरेपछि फिल्म क्षेत्रलाई बाई-बाई गर्नुको अरु के नै पो विकल्प हुन्छ र ?
 
एक समयकी सफल अभिनेत्री रेजिना उप्रेतीकै कुरा गरौंन । करीब डेढ दशकअघि नेपाली फिल्ममा उनको लोभलाग्दो क्रेज थियो । उनलाई फिल्ममा लिन वर्षौसम्म कुरेर बस्थे, निर्माता/निर्देशक । जति मागे पनि पारिश्रमिक पाउँथिन् । अभिनय गरेका प्रायः फिल्मले बक्सअफिसमा राम्रै पैसा छापे । जीवन्त अभिनयका कारण अझै पनि दर्शकको मनमा विराजमान छिन्, उनी । 
 
तर, समय सधैं एकनासको कहाँ हुन्छ र ? फिल्ममा नयाँ पुस्ताको बाक्लो आगमनसँगै उनको बलियो साम्राज्य चोइटिँदै गयो । कुनै समय ३/४ वटा फिल्मको एकसाथ छायांकनमा व्यस्त हुने रेजिना बिस्तारै वेरोजगार हुँदै गइन् । दर्शकको उनी र उनका फिल्मप्रति चासो घट्दै जान थालेपछि फिल्ममेकर पनि किन उनलाई लिएर जोखिम उठाउन तयार हुन्थे र ? 
 
 
फिल्म हातमा पर्न छाडेपछि रेजिनाले करीब ६ वर्ष अगाडि घरजम बसाइन् । विवाहपछि त झन् हातमा फिल्म पर्ने कुरै भएन । अहिले उनी एक छोरीकी आमा भइसकेकी छन् । छोरी टुकुरटुकुर हिँड्न थालेपछि केही समययता उनी बाक्लै सार्वजनिक कार्यक्रमहरुमा देखिन थालेकी छन् । विवाहपछि लामो समय उनी फिल्म र सार्वजनिक कार्यक्रमबाट टाढा थिइन् । 
 
अहिले उनी हरेक हप्ता प्रदर्शनमा आउने फिल्मको टिमलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिने गरेकी छन् । भने, फिल्मको प्रिमियर र अवार्ड समारोहमा समेत बाक्लै उपस्थिति जनाउने गरेकी छन् । यसबाट अनुमान लगाउन गाह्रो पर्दैन कि, उनलाई फेरि एक्सन-कटमा रमाउने रहरले गाँज्न थालेको छ । उनले आफ्नो शरीरलाई गरेको मेन्टेनले पनि यसतर्फ इंकित गर्छ । 
 
बुधवार फिल्म 'बीर विक्रम २' को प्रिमियरमा रेजिना आकर्षक पहिरनमा ठाटिएर पुगेकी थिइन् । उनको पहिरनमा धेरैको नजर अडिएको थियो । उनले मिडियासमक्ष फिल्म गर्ने तिव्र चाहना पनि व्यक्त गरिन् । उनले भनिन्, 'अब चाहिँ फिल्म गर्न तयार छु । राम्रो फिल्मबाट अफर आयो भने गर्छु । अब मलाई लिने वा नलिने त्यो चाहिँ मेकरको हातमा छ ।' रेजिनाको फिल्म गर्ने रहर बुझ्ने निर्माता पो को होलान् खोइ ? 
Most Visited News (monthly)