Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

रवि र निकिताले गरे परम्परागत रुपमा विवाह

फिल्मीखबर, काठमाण्डौ, 2019/05/17
फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए । 
 
 
अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस खाएका रवि र निकिताले गत वर्षको माघ ७ गते अदालती विवाह गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत रुपमा विवाह गरेका हुन् । विवाह कार्यक्रम सकिएपछि दुईले साथमा खिचाएको तश्बिर फिल्मीखबरलाई प्राप्त भएको छ । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । 
 
रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको 'अम्बे अपार्टमेन्ट' मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । अदालती विवाह गरेको केही दिनमा नै निकिताले बोर्ड अध्यक्षबाट राजीनामा दिएकी थिइन् । 
 
 
'सिधा कुरा जनतासँग' कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रविले निकितासँग अदालती विवाह गरेपछि फेसबुकमा लामो स्टाटस लेख्दै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको बताएका थिए । 
Most Visited News (monthly)