Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पूजालाई केको हतार ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/16
रिलमा मात्र होइन रियलमा पनि चुलबुले स्वभावकी अभिनेत्री हुन्- पूजा शर्मा । सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट लाइमलाइटमा आएकी उनी अहिलेकी डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एक हुन् । हालै उनले फिल्म 'पोई पर्‍यो काले' मा २० लाख पारिश्रमिक लिएको चर्चा छ । यसअघि फिल्म 'सम्हालिन्छ कहिले मन' मा १५ लाख पारिश्रमिक बुझेकी थिइन् । 
 
शहरिया युवापुस्तामा राम्रो क्रेज भएकी पूजा चाँडै फिल्म 'पोई पर्‍यो काले' को छायांकनमा व्यस्त हुँदैछिन् । लगातार सुदर्शन निर्देशित फिल्म गर्दै आइरहेकी उनलाई यो फिल्ममा 'तिमीसँग' फेम्ड निर्देशक शिशिर राणाले एक्सन-कट गर्दैछन् । यसमा उनले तेस्रो पटक अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गर्दैछिन् । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि अभिनय रहनेछ । 
 
 
हाल 'सम्हालिन्छ कहिले मन' को छायांकनमा व्यस्त उनी बुधवार फिल्म 'बीर विक्रम २' को पर्पल प्रिमियरमा पुगेकी थिइन् । यो फिल्ममा अभिनेता पल शाहको प्रमुख भूमिका छ । पूजा र पलले यसअघि फिल्म 'म यस्तो गीत गाउँछु' मा स्क्रिन साझेदार गरेका थिए । फिल्म बक्सअफिसमा सुपरहिट मात्र भएको थिएन, दर्शकले दुईको जोडीलाई पनि उतिक्कै रुचाएका थिए । 
 
यो फिल्मपछि दुईको सम्बन्ध ३६ को आँकडामा रहेको फिल्मवृतमा चर्चा छ । तर, पूजा 'बीर विक्रम २' को प्रिमियरमा पुग्नुले यसलाई धेरै हदसम्म गलत साबित गरेको छ । निकै ढिलो प्रिमियरमा पुगेकी उनले पूरा फिल्म भने हेरिनन् । फिल्मको सम्पूर्ण टिमसँग भेटेपछि उनी मध्यान्तरमै निस्किएकी थिइन् । उनी हतारमा निस्किनुको कारण फिल्म मन नपरेको रुपमा सञ्चारकर्मीले अर्थ्याएका छन् । 
 
फिल्म राम्रो नलागेर मध्यान्तरमै निस्किएकी हुन् वा काम विशेषले ? त्यो त उनी नै जान्दछिन् । यद्यपि, उनले केही निकट फिल्मकर्मी र सञ्चारकर्मीलाई आफ्नो महत्त्वपूर्ण काम परेका कारण फिल्म पूरा हेर्न नपाएको बताएको जानकारी प्राप्त छ । उनले पूरा फिल्म हलमा गएर हेर्ने वाचा गरेकी छन् रे ! मध्यान्तरमै निस्कनुले कतै पूजालाई फिल्मै मन नपरेको त होइन ? शंका गर्ने ठाउँ भने रहन्छ । 
Most Visited News (monthly)