Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ लाई मल्टीप्लेक्समा उच्च सोज, गर्ला बम्पर व्यापार ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/16
करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ यही शुक्रवार देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा छ । पहिलो फिल्मले व्यावसायिक र समीक्षात्मक सफलता हात पारेको थियो । सिक्वेलले यो विरासत धान्न सक्ला वा नसक्ला ? धेरैका लागि चासोको विषय बनेको छ । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । 
 
मल्टीप्लेक्सहरुमा पाएको सोज संख्या हेर्दा यो फिल्मले बक्सअफिसमा बम्पर व्यापार गर्ने देखाउँछ । फिल्मले राजधानी भित्र र बाहिरका अधिकांश मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । बुधवार साँझबाट मल्टीप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको छ । अग्रिम बुकिङमा फिल्मलाई क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा १९ सोज बाँडेको छ । 
 
 
यस्तै, मोफसलतर्फ क्यूएफएक्सको पोखराको सिनेप्लेक्स हलमा ४ शो, चितवनको जलमा हल, नेपालगन्जको बाग्गेश्वरी हल र विर्तामोडको हलमा फिल्मले ३/३ सोजमा आफ्नो उपस्थिति जनाउँदैछ । यस्तै, राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्स हलहरुले क्यूज सिने र सिडिसी सिनेमाले फिल्मलाई ५/५ शो बाँड्दा बिग मुभिज, एफक्यूब, र विएसआर मुभिजले समान्तर ४ शो प्रदान गरेका छन् । 
 
मल्टीप्लेक्समा पाएको उच्च सोजले ‘जात्रै जात्रा’ माथि बम्पर ओपनिङ गर्नुपर्ने अर्को ठूलो चुनौती थपिएको छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस बलियो हुने फिल्म पण्डितहरुको पूर्वअनुमान छ । फिल्ममा विपिन कार्र्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । 
 
यो फिल्मसँग एकसाथ प्रदर्शनमा आउन लागेको अभिनेता पल शाह स्टारर फिल्म ‘बीर विक्रम २’ ले पनि मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ । क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा फिल्मलाई १२ सोज प्रदान गरेको छ । अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मलाई राम्रो सोज दिएका छन् । यस वर्षको ठूलो भिडन्तको रुपमा हेरिएको ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ मध्ये को कति पानीमा हुनेछ ? हेर्न रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)