Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव र भुवनको एउटै बोली- ‘हामी बीर र विक्रम’

फिल्मीखबर, काठमाण्डौ, 2019/05/16
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता हुन्- शिव श्रेष्ठ र भुवन केसी । दुईलाई एक जमना एकअर्काका प्रतिस्पर्धी पनि भन्ने गरिन्थ्यो । यद्यपि, दुईले काम गर्ने फिल्मको जनरा भने फरक थियो । भुवन बढी लभस्टोरी फिल्म गर्न रुचाउँथे भने शिवले आफूलाई एक्सन हिरोको रुपमा स्थापित गरेका थिए । दुईलाई कुनै समय नेपाली फिल्मको धरोहर मानिन्थ्यो । 
 
दुई दशक अगाडि एकसाथ ४ वटा फिल्मको छायांकनमा समेत व्यस्त हुने शिव र भुवन केही वर्षयता भने पूरै सुस्ताएका छन् । दुईलाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको वर्षौ भइसकेको छ । शिव पछिल्लो पटक फिल्म ‘बागमती’ मा देखिएका थिए । तर, यो फिल्म बक्सअफिसमा नराम्रोसँग डुबेको थियो । यसपछि उनले कुनै फिल्ममा काम गरेका छैनन । 
 
‘ब्ल्याक डायरी’ भुवन अभिनीत पछिल्लो रिलिज फिल्म हो । भने, गत फागुनमा रिलिज भएको फिल्म 'क्याप्टेन' को 'कर्ली कर्ली कपाल' बोलको गीतमा उनले ठुम्का लगाएका थिए । केही वर्षयता उनी अभिनयबाट दूरी बनाएर छोरा अनमोल केसीको करिअर बनाउन दिलोज्यान दिएर लागेका छन् । साथै, फिल्म निर्माण र निर्देशनमा पनि उनी सक्रिय छन् । 
 
 
शिव पनि अहिले अभिनयबाट दूरी बनाएर फिल्म निर्माणतिर लम्किएका छन् । उनले निर्माण गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी' को आधा छायांकन पूरा नहुँदै थन्किएको छ । अब बन्छ/बन्दैन ? अन्योलमा छ । यो फिल्मबाट उनले आफ्नो छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराएका छन् । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि यही फिल्मबाट डेब्यू गर्दैछिन् । 
 
करिअरको उत्कर्षमा रहँदा एकअर्कासँग खासै भेटघाट र राम्रोसँग नबोल्ने भुवन र शिवको केही वर्षयता भने लोभलाग्दोे सम्बन्ध छ । दुबै एकअर्काको तारिफ गरेर थाक्दैनन् । थुप्रै फिल्म साथमा पनि गरेका शिव र भुवन आफूहरुको सम्बन्ध दाई र भाईको रहेको बताउँछन् । बुधवार फिल्म 'बीर विक्रम २' हेर्न पुगेका उनीहरुले आफूहरु पनि बीर र विक्रम रहेको बताए । 
 
फिल्म हेरिरहँदा आफ्नो साथीलाई कति सम्झनुभयो ? भन्ने पत्रकारको जिज्ञासामा भुवनले शिवलाई अंकमाल गर्दै भने- 'ऊ (शिव श्रेष्ठ) नै मेरो बेस्ट फ्रेण्ड हो । 'बीर विक्रम २' साथीको कथा हो । शिव र मैले खेलेका धेरै फिल्ममा पनि त्यस्तै कथा थियो । यो फिल्म हेर्दा शिव र मैले विताएका पुराना दिनहरु ताजा भयो ।' दुबैले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई हेर्न आग्रह गरे । 
Most Visited News (monthly)