Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

मैले हेरेको पहिलो फिल्म ‘कबड्डी’ : उपासना

फिल्मीखबर, काठमाण्डौ, 2019/05/14
गएको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो सम्भावना देखाएकी थिइन् । उनको स्वभाविक अभिनय र सुन्दरताको चौतर्फी प्रशंसा भएको थियो । अनमोल र उनको केमेस्ट्रीलाई पनि दर्शकले निकै रुचाएका थिए । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ बोलको गीतबाटै उनी दर्शक र फिल्मकर्मीको नजरमा परेकी थिइन् । 
 
गीत सार्वजनिक भएपछि नै उनलाई फिल्मको ओहिरो लाग्न थालेको थियो ।  ‘क्याप्टेन’ रिलिजपछि भने उनलाई लिन गिनेचुनेका ब्यानर समेत हानाथाप गरिरहेका छन् । यसबीच, उनले करिअरको दोस्रो फिल्मको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ लाई रोजेकी छन् । यो सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज हो । मल्टीस्टारर यस फिल्ममा राम्रो काम देखाएको खण्डमा उपासनाको फिल्म करिअरले नयाँ रुप लिनेमा दुईमत छैन । 
 
 
कतिपय यो फिल्म उनका लागि अवसर र चुनौती दुबै रहेको बताउँछन् । नाम चलेका कलाकारहरुको ठूलो भीड भएका कारण भूमिका र अभिनय सशक्त नभएको खण्डमा उनी पूरै ओझेलमा पर्न सक्छिन् । यो उनका लागि ठूलो चुनौती हो । नाम नै ब्रान्ड बनिसकेको ‘कबड्डी’ सिरिजको सदस्य हुन पाउनु उनका लागि ठूलो अवसर पनि हो । दयाहाङ राई, कर्मा शाक्यसँग उनले फिल्ममा स्क्रिन साझेदार गर्दैछिन् । 
 
मंगलवार यस फिल्मको राजधानीमा एक भब्य कार्यक्रमका बीच घोषणा गरिएको छ । दया र कर्मासँग एकसाथ फिल्मको घोषणा सभामा इन्ट्री लिएकी उपासनाले आफूले हेरेको पहिलो नेपाली फिल्म ‘कबड्डी’ रहेको बताइन् । आफ्नो भनाई राख्ने क्रममा उनले भनिन्, ‘मेरो सबैभन्दा मनपर्ने फिल्ममा ‘कबड्डी’ पर्छ । यसको तेस्रो सिरिजमा आबद्ध हुन पाउँदा एकदमै खुसी छु ।’ 
 
उनी ‘कबड्डी कबड्डी कबड्डी’ मा आफ्नो शतप्रतिशत दिन कुनै कसर बाँकी नराख्ने बताउँछिन् । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा फिल्म बन्नेछ । 
Most Visited News (monthly)