Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा भन्छिन्, ‘कलाकारलाई मेकअप अपरिहार्य’

फिल्मीखबर, काठमाण्डौ, 2019/05/13
 
आउँदो जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को प्रचार-प्रचारमा व्यस्त अभिनेत्री वर्षा सिवाकोटीले लगनखेलमा सञ्चालनमा आएको 'मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर' को नयाँ शाखाको उद्घाटन गरेकी छन् । एक दशकदेखि सौन्दर्य व्यवसायमा आबद्ध गीता गिरिले यस ब्युटी पार्लर सञ्चालनमा ल्याएकी हुन् । 
 
पार्लरको रिवन काटेर उद्घाटन गरेपछि अभिनेत्री सिवाकोटीले महिलाका लागि सौन्दर्य कला जान्नु र सुन्दर बन्न अत्यावश्यक रहेको बताइन् । उनी भन्छिन्, 'हामी कलाकारितामा लाग्नेहरुका लागि त झन् मेकअप नभई हुँदैन ।' उनले पार्लरको सफलताको शुभकामना पनि दिइन् । पार्लरले उनलाई एक वर्षका लागि सम्पूर्ण सौन्दर्य सुविधा निःशुल्क गरेको छ । 
 
सञ्चालिका गीताले अन्य कलाकारहरुका लागि पनि विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइन् । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुट दिएको छ । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको 'मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर' को नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ । 
Most Visited News (monthly)