Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सत्‍ते पे सत्‍ता’ को रिमेकमा शाहरुख-कटरीना ?

एजेन्सी, मुम्बई, 2019/05/13
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'जीरो' बक्सअफिसमा पत्तासाफ भएपछि अभिनेता शाहरुख खानले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । अब उनी केही समय ब्रेक लिने सोचमा छन् । यसबीच, उनको नयाँ फिल्म ‘सत्‍ते पे सत्‍ता’ को रिमेक हुनसक्ने चर्चा छ । उनको अपोजिटमा फेरि एकपटक कटरीना कैफ देखिन सक्नेछिन् । 
 
यो फिल्म अमिताभ बच्चनको सुपरहिट फिल्म ‘सत्‍ते पे सत्‍ता’ को रिमेक हुनेछ । यो फिल्म १९८२ मा रिलिज भएको थियो, जसमा एक्सन र कमेडी भरपूर थियो । यसमा अभिताभको डबल रोल थियो । ‘सत्‍ते पे सत्‍ता’ मा शाहरुख अनुबन्ध भइसकेको जानकारी प्राप्त छ । तर, यसको औपचारिक जानकारी निर्माण टिमबाट प्राप्त भएको छैन । 
 
यो फिल्म अमेरिकन म्यूजिकल फिल्म 'सेवेन ब्रदर्स' बाट प्रभावित छ । ‘सत्‍ते पे सत्‍ता’ मा अमिताभको अपोजिटमा अभिनेत्री हेमा मालिनी थिइन् । यस फिल्मबाट फराह खानसँग रोहित शेट्टी आफ्नो प्रोडक्सन ग्राण्ड बनाउने तयारीमा छन् । सुत्रका अनुसार, फराह र रोहितले यो महत्‍वाकांक्षी प्रोजेक्‍टको सुरुवात गरिसकेका छन् भने कास्ट पनि फाइनल गरेका छन् । 
 
भारतीय मिडियामा सम्प्रेशित खबरलाई आधार मान्ने हो भने फराहले निर्देशन गर्ने र रोहितले निर्माण गर्ने ‘सत्‍ते पे सत्‍ता’ मा शाहरुख र कटरीना लिड रोलमा फाइनल भइसकेका छन् । यदी यस खबरमा सत्यता छ भने शाहरुखसँग कटरीनाको यो तेस्रो फिल्म हुनेछ । यसअघि दुईले 'जीरो' र 'जब तक हे जान' मा काम गरिसकेका छन् । 
Most Visited News (monthly)