Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ र ‘मेरो एउटा साथी छ २’ अफर भएको छैन : धिरज मगर

फिल्मीखबर, काठमाण्डौ, 2019/05/13
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'इन्टु मिन्टु लण्डनमा' बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगर नेपाली फिल्म क्षेत्रले निकै आश गरेका अनुहार हुन् । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । केही वर्षयता नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाइरहेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काका लागि उनी 'थ्रेट' हुनसक्ने विश्लेषण कतिपयको छ । 
 
डेब्यू फिल्म रिलिजपछि उनलाई दुई दर्जन बढी फिल्मबाट अफर भइसकेको छ । तर, उनी पुनः 'इन्टु मिन्टु लण्डनमा' टिमको नयाँ फिल्ममा काम गर्दैछन् । रेनाशा वान्तवा राईले निर्देशन गर्ने नयाँ फिल्म 'आई एम ट्वान्टिवान' मा उनी अनुबन्ध भइसकेका छन् । यो फिल्म साउनबाट फ्लोरमा जाने बताइएको छ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा अभिनेत्री जसिता गुरुङ हुने प्रवल सम्भावना छ । 
 
 
डेब्यू फिल्म रिलिजपछि लण्डनमा नै रहँदै आएका अभिनेता धिरज केही दिन अगाडि आफूलाई फिल्म क्षेत्रमा प्रवेश गराउने माता-पिता अर्थात् निर्देशक रेनाशा र निर्माता प्रज्वल सम्शेर जबराको रिसेप्सन पार्टीमा सहभागी हुनका लागि काठमाडौं आइपुगेका थिए । लण्डनबाट रिसेप्सन पार्टीकै लागि नेपाल आइपुग्नुले पनि धिरजको रेनाशा र प्रज्वलप्रति माया र सम्मान कति छ भन्ने बुझ्न गाह्रो पर्दैन । 
 
रिसेप्सन पार्टीमा सहभागी हुँदै गर्दा उनले आफ्नो पाइपलाइनमा रहेकोे फिल्मबारे पनि सञ्चारकमीलाई जानकारी दिए । उनले आफू 'आई एम ट्वान्टिवान' लाई लिएर उत्साहित रहेको र केही महिनायता फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । हालसालै उनलाई दुई चर्चित फिल्मको सिक्वेल ‘प्रेमगीत ३’ र ‘मेरो एउटा साथी छ २’ बाट अफर भएको चर्चा फिल्मवृतमा छ । तर, उनले यसको खण्डन गरेका छन् । 
 
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने- ‘मलाई यी फिल्मबाट अफर भएको छैन । बजारमा चलेका हल्ला निराधार हुन् ।’ उनले अहिले आफ्नो सम्पूर्ण ध्यान 'आई एम ट्वान्टिवान' मा मात्र रहेको बताए । धिरजलाई महँगो पारिश्रमिक दिएर गिनेचुनेका ब्यानर समेत फिल्म बनाउन तयार छन् । तर, उनले निर्माता प्रज्वलसँग 'इन्टु मिन्टु...' सहित तीन फिल्म गर्ने सम्झौता गरेका छन् । यसकारण अझै एक फिल्म उनले प्रज्वलको गर्नेछन् । 
Most Visited News (monthly)