Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ स्टारर ‘आप्पा’ गीत ‘अमला’ रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/05/12
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । आउँदो जेठ २४ गते प्रदर्शनमा आउने निश्चित भएको यो फिल्म अब असार १३ गतेबाट मुलुकभर लाग्ने भएको छ । सार्वजनिक ‘अमला’ गीतमा मेलिना राई र एसडी योगीको स्वर छ । 
 
 
हर्क साउदको शब्द समावेश गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत सुन्न सकिन्छ । गीतको भिडियोको निर्देशन रेनाशा वान्तवा राईले गरेकी हुन् । भने, किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी छ ।  रवी न्यौपानेले छायांकन गरेको गीतमा निमेष श्रेष्ठको सम्पादन छ ।
 
गीतको भिडियोमा दयाहाङलगायतका कलाकार फिचर्ड छन् । गीतमा उनी फरक लुक्समा प्रस्तुत छन् । फिल्ममा उनले एक छोराको पिताको भूमिका निभाएका छन् । बाबु-छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । 
 
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । 
 
‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)