Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘साहो’ मा प्रभासलाई हिन्दी बोल्न सकस !

एजेन्सी, मुम्बई, 2019/05/12
 
'बाहुबली' एक्टर प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’ को तयारीमा छन् ।  यो फिल्ममा उनले बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेका छन् । तेलगु र तमिलका अलावा हिन्दी भाषामा पनि फिल्म रिलिज हुँदैछ, जसका लागि प्रभास हिन्दी सिकिरहेका छन् । 
 
भारतीय मिडियाका अनुसार, उनलाई दक्षिण भाषा बोल्न गाह्रो नभए पनि हिन्दी भाषाका लागि भने निकै समस्या भएको छ । अहिले उनले हिन्दी सिक्नका लागि स्पेशल क्लासेस लिइरहेका छन् । प्रभासलाई हिन्दी बोल्न आए पनि राम्रो तरिकासँग भने आउँदैन । 
 
डीएनएसँग कुराकानी गर्दै उनले ‘साहो’ पूरै देशका लागि बनाइएको बताएका छन् । उनी भन्छन्, 'फिल्मलाई लिएर म निकै उत्साहित छु । तर, मलाई निकै मुश्किल पनि भइरहेको छ । किनकि, हिन्दी मेरो पहिलो भाषा होइन । यसका लागि मैले तयारी गर्नु परेको छ ।'
 
उनले आफू हिन्दी पढ्न र लेख्न सकेता पनि घरमा बोल्न नसक्ने बताए । उनका अनुसार, घरमा कसैले हिन्दी भाषा बोल्दैनन् र बुझ्दैनन् । उनी भन्छन्, 'मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लासेस लिएको छु । हिन्दी शिक्षकले मलाई डाइलग सिकाएका छन् । मैले यस फिल्मका लागि निकै होमवर्क गरेको छु ।'
 
प्रभासको ‘साहो’ मा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । सुजित निर्देशक यस फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । प्रभास 'बाहुबली २' पछि ठूलो पर्दामा देखिन लागेका हुन् ।  
Most Visited News (monthly)