Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पसिना' फिल्मकै नाममा अन्तरक्रिया

फिल्मीखबर, काठमाडौं, 2019/05/09
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । 'पसिना' युनिटले पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६ को आयोजना गरेको हो । उक्त कार्यक्रममा फिल्मको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । 
 
पुर्वमन्त्रि तथा समाजसेवी भद्र कुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्मका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका वक्ता हरुले यस्ता किसिमका फिल्मले समाजमा सकारात्मक संदेश दिने भएकाले  निर्माण हुनु पर्ने बताए । 
 
पसिनाका प्रमुख कलाकार सरोज खनालले समाजमा नकारात्मक कुराहरुले बढी स्थान पाई रहेको अवस्थामा सकारात्मक बिषयलाई पनि फिल्मले स्थान दिएको बताए । निर्माता शान्ता ढकालले आफु पनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक बिषय बस्तुको फिल्ममा लगानी गरेको बताईन । अर्का निर्माता इन्जिनियर संजय महतोले आफु पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको 'पसिना' मा लगानी गरेको बताए । निर्देशक आर.बि.शरदले फिल्म निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे । प्रमुख अतिथि भद्र कुमारी घलेले अहिले नेपाललाइ सत्चरित्रवान व्यक्तिको खाँचो रहेको बताइन् ।
 
 
चलचित्रलाइ आर.बि. खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् । 
 
गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा फिल्ममा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।
 
सम्मानित हुनेमा फिल्मका प्रमुख कलाकारहरु सरोज खनाल,रबि गिरि,गौरब पहाडी,सुरजनी केसी,छायाँकार राम कुमार केसी,नृत्य निर्देशक शिब बिक,शारदा प्रसाद धिताल,राम काजी बस्न्यात,समिता केसी,अनिता केसी,सचिन रौनियार,संगीता शाह,सहिम शाह.गीता देवी मैनाली,संगीता धमला,मीना शर्मा,दिपक डोटेल,सोनि अधिकारी,दीपशिखा शर्मा,सावित्री भुजेल,मोहन देव बिस्ट,सीमा राइ,राजेन्द्र कपाली,मान बहादुर तामांग लगाएत रहेका छन् ।
Most Visited News (monthly)