Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीवाकरले भरे दीपिकाको सिउँदो

फिल्मीखबर, काठमाण्डौ, 2019/05/07
 
निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार सिन्धुलीबाट धनगढी पुगेर निर्देशक भट्टराईले दीपिकाको सिउँदो भरेका हुन् । हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन । 
 
विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तश्बिर बाहिर आएको छ । तश्बिरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा-दुलहीको पहिरनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी पनि देखिएका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् । 
 
केही दिनमा यो जोडीले राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । फिल्म 'ऐश्वर्य' को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । फिल्मका निर्देशक थिए दीवाकर । यो फिल्म दीपिकाको डेब्यू होे । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए । 
 
दीवाकर लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हुन् । 'ऐश्वर्य' सँगै उनले 'स्टुपिड मन', 'क्याप्टेन' फिल्म निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले फिल्म 'हेल्लो जिन्दगी' मा व्यस्त छिन् । उनले 'छक्का पञ्जा ३' मा पनि काम गरेकी छन् । 
Most Visited News (monthly)