Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलले देखे आँचलको अभिनयमा परिपक्वता

फिल्मीखबर, काठमाण्डौ, 2019/05/07
सिल्भर स्क्रिनमा निकै रुचाइएको जोडी हो अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । ‘नाइँ नभन्नू ल ४’ बाट एकसाथ फिल्म करिअर सुरु गरेका उनीहरुले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सहकार्य गरेका थिए । म्यूजिक भिडियो त सयभन्दा बढी नै साथमा गरिसकेका छन् । केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चाले पनि मिडियामा विशेष स्थान पाउँदै आएको छ । 
 
तर, पल र आँचल आफूहरु आँखामा राख्दा पनि नविझाउने साथी रहेको बताउँदै आएका छन् । एकसाथ ब्याक टु ब्याक तीन फिल्म गर्दा उनीहरु छुटिएर काम गर्न नसकेको फिल्मवृतमा टिका-टिप्पणी भएको थियो । अहिले भने दुबै भिन्न-भिन्न प्रोजेक्टमा आबद्ध छन् । पलको हातमा अहिले दुई फिल्म छ- 'बीर विक्रम २' र 'हृदयभरी' । दुबैमा उनको जोडीको रुपमा आँचल छैनन् । 
 
 
आँचलको नयाँ फिल्म ‘दाल भात तरकारी’ अहिले प्रदर्शनरत छ । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् । केही हप्ता अगाडि उनले एक नयाँ फिल्म साइन गरेकी छन्, जसमा पल हिरो छैनन् । एकपछि अर्को फिल्म साथमा नगर्नुले पल र आँचलको ब्रेकअप भएको चर्चा सुरु हुन थालेको छ । यसबीच, अभिनेता पलले फिल्म ‘दाल भात तरकारी’ हेरेर आँचलको खुलेर प्रशंसा गरेका छन् । उनले सोमवार कुमारी हल पुगेर फिल्म हेरेका हुन् । 
 
जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'बीर विक्रम २' का निर्देशक मिलन चाम्स, अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता नाजिर हुसेन, कलाकार बुद्धि तामाङसँग फिल्म हेर्न पुगेका उनले आँचलको काम राम्रो रहेको बताए । अभिनयमा पनि परिपक्वता देखिएको उनको भनाई छ । 'रोल सानो भए पनि आँचलको काम राम्रो छ । उसको अभिनय लेभलमा छ । न लाइड छ न डाउन छ । उसको अभिनयमा निखारता देखेर मलाई खुसी लाग्यो', उनले भने । 
 
यसअघि महसञ्चारले निर्माण गरेको फिल्म ‘शत्रु गते’ मा काम गरिसकेका पलले ‘दाल भात तरकारी’ कमेडी कथामा रमाइलो फिल्म बनेको पनि बताए । 'फिल्मले सन्देश पनि दिन्छ', उनी सुनिए । अभिनेता नाजिर फिल्ममा देशमा भइरहेको राजनीतिक अस्थिरता र नेपाली समाजको सोचाईलाई 'पोइट्री' हिसाबमा देखाइएको बताउँछन् । अभिनेत्री वर्षाले फिल्म हेरुन्जेल हाँसोको कमी नहुने बताइन् । निर्देशक चाम्स र कलाकार बुद्धिले पनि फिल्मको तारिफ गरे । 
Most Visited News (monthly)