Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष

फिल्मीखबर, काठमाण्डौ, 2019/05/06
दर्शकले निकै विश्वास गरेको सिरिज हो- ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा राम्रै पैसा छाप्यो । ‘प्रेमगीत' को दुई पार्टले अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको थियो । अब यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ । 
 
 
छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्दैछन् । ‘प्रेमगीत ३’ मा पनि अभिनेता प्रदीपले नै 'प्रेम' को भूमिका निभाउँदैछन् । उनको अपोजिटका लागि भने अभिनेत्रीको टुंगो लागेको छैन । यद्यपि, निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल फिल्म नगर्ने घोषणा गरिसकेकी छन् । 
 
नीतिले प्रदीपसँग जोडी बाँध्न अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएको छ । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर 'गीत' का लागि अडिसन दिन सक्ने उल्लेख छ । 
 

विज्ञप्तीमा भनिएको छ, 'आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सकिने छ । फिल्मको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ ।' 
 
आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र  एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । यस फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि फिल्मको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनले बताएका छन् । 
Most Visited News (monthly)