Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तत्काल फेमिली प्लानिङ छैन : संजोग-वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2019/05/06
उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजले प्रायः लखेट्ने प्रश्न हो- ‘विवाहवारी कहिले गर्ने ?’ सम्भवतः यो प्रश्नबाट हरेक युवा-युवतीहरु गुज्रिएका छन् । जब विवाह हुन्छ तबदेखि फेरि अर्को प्रश्नले खेद्न सुरु गर्छ- ‘अब दुईबाट तीन कहिले हुने ?’ यो आम मानिसले मात्र होइन सेलिब्रेटीहरुले पनि समाना गर्नुपरेको र गर्दै आइरहेको प्रश्न हो । झन् बढी मिडियाले सोध्ने प्रश्नमा पर्दछ यो । 
 
उमेरले आधा सय वर्ष पुगेपछि अभिनेता राजेश हमाल बैबाहिक जीवनमा बाँधिए । विवाहपूर्व हरेक भेटमा उनले प्रशंसक, परिवार र मिडियाबाट आउने विवाहको प्रश्नको अनिवार्य उत्तर दिनुपर्थ्यो । जब विवाह भयो तबदेखि फेरि उनलाई अर्को प्रश्न सोझिन थाल्यो- ‘अब पिता कहिले बन्ने ?’ यस प्रश्नको उनले केही वर्षयता जवाफमा भन्दै आएका छन्, ‘मेरो उमेर नै कहाँ भएको छ र पिता बन्ने ।’ 
 
 
करीब ७ वर्ष प्रेम सम्बन्धमा रहेर गएको फागुनमा मात्र बैबाहिक जीवनमा बाँधिएका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतलाई पनि अहिले हरेक भेटमा मिडियाले फेमिली प्लानिङलाई लिएर प्रश्न गर्दै आइरहेको छ । आइतवार करीब २ हप्ता लामो हनिमुन ट्रिप सकेर स्वदेश फर्किएका उनीहरुलाई त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीले फेरि प्रश्न गरे- ‘अब दुईबाट तीन कहिले हुने ?’
 
वर्षाले जवाफ दिन मानिनन् । आफू अभिनीत फिल्म 'जात्रै जात्रा' जेठ ३ मा रिलिज हुँदैछ भन्दै कुरा मोड्न खोजिन् । संजोगले भने तत्कालाई फेमिली प्लानिङ नभएको स्पष्ट पारे । उनले भने- 'अहिले हामी दुबै काममा व्यस्त छौं । अहिले हामी फेमिली प्लानिङलाई समय दिन सक्दैनौं ।' वर्षाले भने आफूले नेपाली फिल्मलाई आमा मान्ने गरेको बताइन् । तत्काल फेमिली प्लानिङ नभएको पनि उनको भनाई छ । 
 
उनी प्रदर्शनको तरखरमा रहेको फिल्म 'जात्रै जात्रा' लाई लिएर आफू निकै उत्साहित रहेको बताउँछिन् । वर्षा भन्छन्, 'हामी खासमा तीन हप्ताका लागि युरोप टुरमा निस्किएका थियौं । तर, 'जात्रै जात्रा' का कारण दुई हप्तामा नै फर्किनुपर्‍यो । 'जात्रै जात्रा' का कारण हाम्रो टुर पनि जात्रै भयो । यद्यपि, लामो समयपछि हामीले क्वालिटी टाइम स्पेन्ड गर्‍यौं ।' 'जात्रा' भन्दा 'जात्रै जात्रा' मा आफ्नो भूमिका फरक रहेको पनि उनले बताइन् । 
Most Visited News (monthly)