Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘टाइगर जिन्दा हे’ को सिक्वेलमा पनि सलमान-कटरीना

एजेन्सी, मुम्बई, 2019/05/06
 
निर्देशक अली अब्बास जफरले सुपरहिट फिल्म 'एक था टाइगर' सिरिजको तेस्रो फिल्मको घोषणा गरेका छन् । उनी अहिले आफ्नो नयाँ फिल्म 'भारत' मा व्यस्त छन् । यसमा अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ लिड रोलमा छन् । अली, सलमानका भरपर्दा निर्देशक हुन् । 'भारत' सँगै दुईको 'सुल्तान' र 'टाइगर जिन्दा हे' मा टिमअप भइसकेको छ । 
 
फेरि एकपटक अलीले सलमान र कटरीनाको जोडी सिल्भर स्क्रिनमा दोहोर्‍याउने भएका छन् । उनी 'एक था टाइगर' को तेस्रो सिक्वेल बनाउँदैछ । फिल्मको कहानीलाई लिएर उनले एक अन्तर्वार्तामा भने- 'मेरो लागि सबैभन्दा पहिला कहानी खोज्न निकै आवश्यक हुन्छ । म निकै खुसी छु कि, मसँग 'टाइगर जिन्दा हे' को सिक्वेलका लागि भने कहानी छ ।' 
 
यो फ्रेन्चाइजलाई अगाडि बढाउन निकै आवश्यक रहेको पनि उनले बताए । यो सिरिजको पहिलो फिल्म 'एक था टाइगर' लाई कबीर खानले निर्देशन गरेका थिए । 'टाइगर जिन्दा हे' भने अलीले निर्देशन गरेका थिए । उनले फिल्म 'भारत' रिलिज भएपछि सिक्वेलको काम सुरु गर्ने बताए । सम्भवतः २०२० बाट छायांकन सुरु हुनेछ । 
 
उनले अगाडि भने- 'मैले 'एक था टाइगर' को तेस्रो सिक्वेलको आइडियाको बारेमा सलमान खान र आदित्य चोपडासँग कुरा गरिसकेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । तर, पहिला 'भारत' को रिलिजको प्रतिक्षा गर्नुपर्नेछ ।' 'भारत' ५ जुनमा रिलिज हुँदैछ । यसमा सलमान र कटरीनाको अलावा दिशा पाटनी, सुनील ग्रोवर र तब्बू प्रमुख भूमिकामा छन् । 
Most Visited News (monthly)