Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिक्स कन्टेन्टमा बनेको छ ‘पसिना’ : निर्देशक खत्री

फिल्मीखबर, काठमाडौं, 2019/05/06
 
झण्डै ३ वर्ष अगाडि निर्माण भएको फिल्म हो- ‘पसिना’ । प्रदर्शनका लागि निर्माण टिमले पटक- पटक रिलिज डेट घोषणा गरेको भएता पनि विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । मजदुरहरुको कथाव्यथामा आधारित भएर बनेको यो फिल्म अब यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनका लागि तयार छ । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् । 
 
‘नैना रेशम’, ‘शिशा’ लगायतका फिल्म निर्देशन गरिसकेका आर बि खत्री ‘शरद’ निर्देशित यस फिल्मको गीतसंगीत र ट्रेलरलाई युट्युबमा दर्शकहरुले राम्रो रुचाएका छन् । फिल्मको प्रचारमा पनि निर्माण टिम राम्रै दौडिरहेको छ । निर्देशक खत्री यस फिल्मले इनिसियल मारामार गर्ने अपेक्षा आफूहरुको नभएको बताउँछन् । ‘पसिना’ आर्टिस्टिक कलरको फिल्म रहेको उनको भनाई छ । 
 
यस फिल्मले उठाएको कथामा जो कोहीले फिल्म बनाउन हिम्मत नगर्ने उनको जिकिर छ । उनी भन्छन्, ‘अहिलेको अवस्थामा ‘पसिना’ को कन्टेन्ट एकदमै रिक्स कन्टेन्ट हो । जो कोहीले यस्ता कन्टेन्टमा फिल्म नै बनाउन सक्दैनन् । यो फिल्म हामीले कमाउने उद्येश्यले भन्दा पनि समाजमा सन्देश दिनका लागि बनाएका हौं ।’ फिल्मले कुनै काम सानो ठूलो हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उनले बताए ।
 
फिल्ममा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । 
Most Visited News (monthly)