Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो मन’ गीतमा आयुष्मान र शिल्पाले मर्काए ‘रानु कम्मर’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/05/05
असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका छन् ।
 
 
 
 
कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको गीतमा रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् । गीतका सर्जक रोमन र रवि मल्ल हुन् । तीस लाखको लागतमा खिचिएको गीतको भिडियोमा आयुष्मान र शिल्पाले ठुम्का लगाएका छन् । फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । 
 
सार्वजनिक गीतको भिडियोमा फिल्मका अन्य कलाकारहरु गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलाई पनि देख्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरीले अभिनेता आयुष्मानको नृत्यको खुलेर तारिफ गरिन् । स्वर्गीय श्रीकृष्ण श्रेष्ठपछि आफूलाई आयुष्मान राम्रो नृत्य गर्ने र नृत्यमा निकै मिहिनेत गर्ने कलाकार लागेको उनले बताइन् । 
 
 
 
 
यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य  सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । यसमा आलोक शुक्लाले छायांकन छ । 
 
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्म सम्पादन गरिरहेका छन् । नगेश कँडेलको काँधमा भिएफएक्सको जिम्मेवारी छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)