Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दलितमाथि हुने विभेदको कथामा ‘भूइँफूल’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/05/05
द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आइपुगेका विभिन्न समुदाय विशेषगरी दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेदमाथिको कथामा आधारित भएर फिल्म ‘भूइँफूल’ निर्माण हुने भएको छ । नेत्र छन्त्यालको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । 
 
 
सदाबहार अभिनेत्री करिश्मा मानन्धरले फिल्मको मुहूर्त गरेकी हुन् । सरिता राई प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन यही बैशाख २५ गतेबाट सुरु हुँदैछ । काठमाडौं, धरान र झापामा छायांकन हुने फिल्मलाई रामेश्वर हुमागाइँले खिच्नेछन् । विनय पौडेलले निर्देशक नेत्रलाई निर्देशनमा सघाउनेछन् । फिल्मको कथा पनि निर्देशक स्वयंको हो । 
 
उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने फिल्ममा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता समेत रहेका गोविन्दले नै फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । फिल्मका गीतमा रमेश खड्काले संगीत भर्ने जिम्मेवारी पाएका छन् । 
 
 
फिल्ममा गणेश सुवेदीले लेखेका गीतहरु समावेश गरिएको छ । ‘भूइँफूल’ बाट अभिनय यात्रा सुरु गर्न लागेका गोविन्दले आफूलाई दर्शकले अभिनेताको रुपमा स्वीकार गर्नेमा विश्वस्त देखिए । नव-अभिनेत्री तुलसा फिल्मलाई लिएर उत्साहित देखिइन् । निर्देशक नेत्र फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् । 
 
तश्बिर : आर्यन विमली 
Most Visited News (monthly)