Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ड्रिम गर्ल’ मा सीता, द्रौपदी र राधा बन्दै आयुष्मान

एजेन्सी, मुम्बई, 2019/05/03
 
गत वर्ष प्रदर्शनमा आएको दुई फिल्म 'बधाई हो' र 'अन्धाधुन' ले बक्सअफिसमा जबरजस्त कमाई गरेपछि चर्चामा रहेका भर्सटायल अभिनेता आयुष्मान खुराना आफ्नो नयाँ फिल्म ‘ड्रिम गर्ल’ मा सीता, द्रौपदी र राधाको भूमिकामा देखिने भएका छन् । निर्देशक राज सान्डिल्यले यसको खुलासा गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । 
 
राजले एक अन्तर्वार्तामा भनेका छन्, ‘यो एक रमाइलो सरल कमेडी फिल्म हो, जसमा आयुष्मानलाई एक यस्तो व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ, जो रामायणकी सीता, महाभारतकी द्रौपदी र कृष्ण लीलाकी राधा जसरी सझिन्छ । ऊ यो किन र कसरी बन्छ ? यसका लागि भने फिल्म हेर्नुपर्छ ।’ एकता कपूर द्वारा निर्मित फिल्म सेप्टेम्बरमा रिलिज गरिँदैछ । 
 
उनी अगाडि भन्छन्, ‘आयुष्मान निकै साधारण र निष्ठावान अभिनेता हुन् । उसमा कुनै अहंकार छैन । ऊ यसरी काम गर्छ, मानौं पहिलो पटक गर्दैछ । जब कुनै अभिनेता यति लचिलो भएर काम गर्छ, तब त्यो फिल्म गर्न निकै सहज हुन्छ । ऊसँग काम गर्दा लाग्छ कि, जिन्दगीको सबैभन्दा राम्रो फिल्म गरिरहेको छु ।’ फिल्ममा आयुष्मानले हरियाणवी र हिन्दी बोल्नेछन् । 
 
अहिले आयुष्मान निर्देशक अमर कौशिकको नयाँ फिल्म 'बाला' को तयारीमा जुटेका छन् । यो फिल्ममा उनी एकपटक फेरि अभिनेत्री भूमि पेडनेकरसँग देखिँदैछन् । 'बाला' को कहानी एक यस्तो केटा-केटीको हो, जसमा केटाको कपाल समयभन्दा पहिले नै झरेको हुन्छ । भने, केटीले आफ्नो त्वचाको रंगका कारण समाजबाट अपहेलना सहनु परेको हुन्छ । 
Most Visited News (monthly)