.jpg)
मदन घिमिरे निर्देशित फिल्म ‘काउसो’ को प्रदर्शन मिति हेरफेर भएको छ । बैशाख २० मा आउने भनिएको यो फिल्मको प्रदर्शन मिति अब जेठ १७ गतेलाई घोषणा गरिएको छ । पूर्वघोषित मितिमा महसञ्चारले निर्माण गरेको बहुप्रतिक्षीत फिल्म 'दाल भात तरकारी' आउने भएपछि यो फिल्मले आफ्नो रिलिज केही हप्ता पछाडि सारेको हो ।
अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुति रहेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुकोे अभिनय छ । अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म कमेडी जनरामा निर्माण भएको निर्देशक घिमिरेले बताएका छन् ।
फिल्मको निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन् । निर्देशक स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । फिल्ममा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य रहेको छ ।
रामेश्वर हुमागाइँको छायांकन रहेको फिल्मको सम्पादन नविन निरौलाले गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् । उपत्यका भित्र वि.के फिल्मस् र उपत्यका बाहिरका लागि यो फिल्म एफडी कम्पनीले वितरण गर्देछ । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने निर्देशक घिमिरको दाबी छ ।

