Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दयाहाङ र विपिनले ‘केबीसी’ मा जितेको रकम माझी बस्तीलाई

फिल्मीखबर, काठमाण्डौ, 2019/05/02
जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित कमेडी फिल्म ‘जात्रै जात्रा’ को जम्बो टिम केही दिनयता प्रचार प्रचारमा दौडिरहेको छ । गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्कीले एपी वानमा प्रशारण हुने चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा पुगेर हाजिरजवाफ खेलेका छन् । 
 
 
‘केबीसी’ को हट सिटमा बसेका दयाहाङ र विपिनले कार्यक्रमका प्रस्तोता तथा नेपाली फिल्मका अभिनेता राजेश हमालले सोधेको प्रश्नको उत्तर दिएका थिए । उनीहरुले जितेको रकम भने खुलाइएको छैन । यो एपिसोड आउँदो हप्ता प्रशारण हुनेछ । दया र विपिनले ‘केबीसी’ मा जितेको रकम स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने टिमले घोषणा गरेको छ । 
 
निर्देशक भट्टराइले भने–‘हामीले ‘केबीसी’ बाट जति रकम जितेका छौं, त्यसमा हाम्रो टिमबाट केही थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको माझी बस्तीका लागि हस्तान्तरण गर्नेछौं ।’ हट सिटमा बसेर नायक हमालले सोधेको प्रश्नको उत्तर दिन सहज नभए पनि रमाइलो भएको अभिनेता द्वय दयाहाङ र विपिनले बताए । 
 
 
फिल्ममा रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका छ । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । सुपरहिट फिल्मको सिक्वेल भएका कारण ‘जात्रै जात्रा’ माथि दर्शकको धेरै ठूलो अपेक्षा छ । 
Most Visited News (monthly)