Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘खलनायक २’ बनाउँदै रोज, दोहोरिएलान् राजेश, विराज र निखिल ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/02
पछिल्लो केही वर्षयता सुपरहिट फिल्मको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । चलेका फिल्मको सिक्वेल बनाउँदा कम जोखिम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएको पाइन्छ । सिक्वेलहरुले बक्सअफिसमा राम्रो व्यापार पनि गरिरहेका छन् । तर, अधिकांश सिक्वेलहरु ब्याज खाने उद्देश्यबाट बढी प्रेरित भएको देखिएका छन् । 
 
केही वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सिक्वेल फिल्मको एक किसिमले बाढी नै देखिएको छ । गएको वर्ष सयको आसपासमा फिल्म रिलिज भएका थिए । तर, सुपरहिट फिल्मको सिक्वेलहरुले मात्र बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भए । यसबीच, फेरि एक सुपरहिट फिल्मको सिक्वेल निर्माण हुने भएको छ । मल्टीस्टारर फिल्म ‘खलनायक’ को सिक्वेल घोषणा भएको छ । 
 
 
निर्माता रोज राणाले निर्माण गरेको यो फिल्म करीब डेढ दशक अगाडि प्रदर्शनमा आएको थियो । निर्देशक ऋषि न्यौपाने निर्देशित फिल्ममा एक जमनाका तीन सुपरस्टार अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । फिल्ममा अभिनेत्री झरना थापा लिड हिरोइन थिइन् । सिक्वेलमा भने पुराना कलाकार नदोहोरिने निर्माता राणले जानकारी दिएका छन् । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने- 'सम्भवतः पुराना कलाकारहरु कोही दोहोरिने छैनन् । अहिलेका चलेका कलाकारहरुकै अभिनय रहनेछ । यद्यपि, कलाकार फाइनल भने गरेका छैनौं ।' 'जय परशुराम' र 'मेरो पैसा खोई ?' फिल्म निर्देशन समेत गरिसकेका निर्माता राणाले ‘खलनायक २’ को निर्देशनको जिम्मेवारी भने 'रणवीर' फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीलाई सुम्पिएका छन् । 
 
साउनबाट छायांकन सुरु हुने फिल्मको कथा अहिले मौनता श्रेष्ठले लेखिरहेका छन् । यो फिल्मको पहिलो पार्टमा पनि उनकै कथा थियो । फिल्ममा एन.वी महर्जनको एक्सन रहनेछ । बिल्कुलै नयाँ कथामा निर्माण हुन लागेका कारण ‘खलनायक २’ मा विराज, निखिल र राजेशलाई दोहोर्‍याउन नसकिएको निर्माता राणाको भनाई छ । यो फिल्मको पहिलो पार्टमा विराज र निखिलबीच जबरजस्त एक्सन थियो । 
Most Visited News (monthly)