
यही बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेकोे फिल्म ‘पसिना’ ले बुधवार मजदुर दिवसको अवसरमा राजधानीमा र्याली निकालेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित फिल्म युनिटले माइतीघर मण्डलाबाट र्याली निकालेको थियो । र्यालीमा फिल्मका निर्देशकदेखि कलाकारहरु उपस्थित थिए ।
र्यालीमा फिल्मका प्रमुख कलाकारहरु भने सहभागी भएका थिएनन् । फिल्मका निर्देशक आर बि खत्री ‘शरद’ ले फिल्मले मजदुरहरुको हकहितका लागि आवाज उठाउने भएकाले मजदुर दिवसको अवसरमा र्याली आयोजना गरिएको जानकारी दिए । मजदुरहरुको समस्या समाधान नभएसम्म देश समृद्ध नहुने पनि उनले बताए ।
र्यालीमा सहभागिताका लागि फिल्मका प्रमुख कलाकारहरुलाई आग्रह गरिएको भए पनि उपस्थित नभएकोमा निर्माता शान्ता ढकालले चित्त दुखाइन् । उनी आफूले पसिना बगाएर बनाएको फिल्म भएकाले आफैंले प्रचार दौडिरहेको बताउँछिन् । र्यालीमा जयनन्द लामाले सम्पूर्ण कलाकारहरुको प्रतिनिधित्व गरेका थिए ।
मजदुर दिवसकै अवसरमा निर्माण टिमले 'हावा चल्यो सिरिरी' बोलको गीत पनि सार्वजनिक गरेको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ । भने, शब्द नारद रिजालको रहेको छ । गीतको भिडियोमा फिल्मका कलाकारहरु फिचर्ड छन् । यसमा गौरव पहारी र अनु शाह लिड रोलमा छन् ।
गीत हेर्नुहोस् :-

