Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीना भन्छिन्, ‘रणवीरसँग ब्रेकअप भएपछि टुटेकी थिएँ’

एजेन्सी, मुम्बई, 2019/04/30
 
अभिनेत्री कटरीना कैफ र अभिनेता रणबीर कपूरको जोडी बलिउडको निकै चर्चित लभ कपल्स मध्येको एक हो । अहिले उनीहरु एकअर्काबाट टाढिएका छन् । दुईको ब्रेकअप करीब दुई वर्ष अगाडि भएको हो । फिल्म ‘अजिब प्रेमकी गजब कहानी’ को सेटबाट अंकुराएको उनीहरुको प्रेम फिल्म ‘जग्गा जासुस’ रिलिजपछि टुटेको थियो । 
 
रणबीरभन्दा पहिला कटरीनाको कहिल्यै ब्रेकअप भएको थिएन । किनकि, यो रिलेसनभन्दा ठिक पहिला उनी सलमानसँग रिलेसनमा थिइन् । तर, जब उनको जीवनमा रणवीरको प्रवेश भयो तब सलमानबाट टाढिइन् । उनी सलमानबाट टाढिनुलाई ब्रेकअप मान्दिनन् । रणवीरसँग ब्रेकअप भएपछि भने उनले आफूलाई सम्हाल्न सकेकी थिइनन् । 
 
हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, 'नयाँ यात्रामा अगाडि बढ्नका लागि वितेको यात्रालाई विर्सनै पर्छ । यो सम्बन्ध टुट्नुको कारण जे भए पनि त्यसमध्ये म आफ्नो भागको जिम्मेवारी लिन्छु । सायद ममा नै कुनै कमजोरी थियो होला । म दोस्रो व्यक्तिलाई जिम्मेवार मान्दिनँ ।' ब्रेकअपपछि आफूले खराब समय विताएको र आमाले साथ दिएको उनले बताइन् । 
 
कटरीना अगाडि भन्छिन, 'जब म आफ्नो जीवनको सबैभन्दा खराब समयबाट गुज्रिरहेको थिए तब मलाई आमाले सम्झाउनु भयो कि, जुन कुरा मेरो साथमा भयो त्यो दुनियाँका कयौं युवतीहरुसँग भएको छ । यस प्रकारको दुःख सहने म एक्लै होइन भन्ने जब बुझेँ तब फेरि जिन्दगीमा अगाडि बढेँ ।' उनी संसारमा आमाभन्दा ठूलो सहारा अरु नहुने बताउँछिन् । 
Most Visited News (monthly)