Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वास्थ्यका कारण श्वेताले छाडिन् ‘हेल्लो जिन्दगी’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/29
अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जानकारी दिएकी छन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि आफूले दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छन् । 
 
 
'फिल्म 'हेल्लो जिन्दगी' को सुटिङका लागि लन्डन गएको केही दिनपछि मेरो घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थाल्यो । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु', उनले स्टाटसमा लेखेकी छन् । 
 
दिल्लीस्थित बिएलके अस्पतालमा सुरेन्द्र कुमार दवासले अभिनेत्री श्वेताको सफल शल्याक्रिया गरेका हुन् । उनी केही दिनमा नेपाल फर्किने बताइएको छ । उनले आफ्नो स्वास्थ्यका कारण फिल्म 'हेल्लो जिन्दगी' गर्न नसकेको पनि स्टाटसमार्फत् जानकारी गराएकी छन् । केही दिन अगाडि मात्र उनी यो फिल्मका लागि लन्डन उडेकी थिइन् । 
 

अभिनेत्री श्वेता अगाडि लेख्छिन्, 'जीवन अनिश्चित हुन्छ भन्ने भनाई वास्तवमा सत्य रहेछ । कहिले के हुन्छ थाहै हुँदो रहेनछ । सपनाहरु आफ्नैअघि भताभुंग हुँदा रहेछन् । म नयाँ फिल्म 'हेल्लो जिन्दगी' मा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुःखी छु । स्वास्थ्यका कारण फिल्ममा काम गर्न सकिनँ । यद्यपि, मैले एकपटक फेरि भयानक स्थितिलाई जितेको छु ।' 
Most Visited News (monthly)