Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोल्ड ‘पसिना’ हिरोइन सुरजनी

फिल्मीखबर, काठमाण्डौ, 2019/04/29
'हट एण्ड बोल्ड' अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिनयता आफ्नो चौथो फिल्म ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । यो फिल्म यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यसमा उनको भूमिका सहायक अभिनेत्रीको छ । लिड हिरोइनमा अनु शाह छिन् । गौरव पहारी लिड हिरोको रुपमा छन् । 
 
 
 
 
आर.बि. खत्री ‘शरद’ ले निर्देशन गरेको यस फिल्मको प्रचार-प्रसारमा लिड कलाकारले खासै साथ दिएका छैनन् । अनु भिडियोमा व्यस्त छिन् भने गौरव फिल्म 'साइँली' रिलिजपछि कहाँ छन् अत्तोपत्तो छैन । लिड हिरो र हिरोइनले नै प्रचारमा साथ नदिएपछि सहायक भूमिकामा रहेकी सुरजनी अगाडि सरेकी छन् । 
 
केही दिनदेखि निर्माण टिमले फिल्मको प्रचारका लागि बोलाएको ठाउँमा उनी समय निकालेर पुग्ने गरेकी छन् । फिल्ममा आफ्नो सहायक भूमिका भए पनि सम्झनलायक रहेको उनको भनाई छ । भूमिका र कथावस्तु मन परेपछि ‘पसिना’ गरेको बताउने उनी फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छिन् । 
 
यसअघि 'सपना तिम्रो मेरो', 'सुन्तलीलाई भगाई लग्यो झिल्केले' फिल्ममा काम गरिसकेकी सुरजनीको फिल्म यात्रा खासै सुखद रहन सकेको छैन । किनकि, उनका अघिल्ला कुनै फिल्म चलेनन् । न त उनको अभिनयकै प्रशंसा भयो । ‘पसिना’ बक्सअफिसमा सफल भए उनलाई पनि ठूलो राहत हुने देखिन्छ । 
 
 
 
 
यस फिल्ममा उनले एक साधारण युवतीको भूमिका निभाएकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनलाई कुर्था सुरवाल लगाएकी एक सिम्पल युवतीको रुपमा देख्न सकिन्छ । तर, हालै उनले स्टुडियो क्रेज नेपालमा पुगेर यस फिल्मका लागि हट एण्ड बोल्ड फोटोसुट गराएकी छन् । 'पसिना' को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । 
Most Visited News (monthly)