Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै’ मा दीपकराजको जोडी केकी

फिल्मीखबर, काठमाण्डौ, 2019/04/29
 
बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् । 
 
प्राप्त जानकारी अनुसार, आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । यस फिल्मको सोमवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ । 
 
यस वर्षको दशैंमा फिल्म प्रदर्शनमा आउँदैछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । उनलाई केदार र जितुले सघाएका छन् । गएको तीन वर्षदेखि 'छक्का पञ्जा' को सिरिज निर्माण गर्दै आइरहेको दीपकराजको समुहले विना लगानी यो फिल्म ५० प्रतिशत मुनाफा दिने सर्तमा काम गर्न लागेको हो । 
 
यस फिल्ममा सम्पूर्ण लगानी 'गाजलु' निर्माता रोहित अधिकारीको रहनेछ । आफ्नो टिमलाई दर्शकले गरेको विश्वासका कारण दीपकराजको समुहले बाहिरी ब्यानरको सहकार्यमा मुनाफा काम गर्ने जोखिम उठाएको हो । ‘छ माया छपक्कै’ पछि 'झ्यानाकुटी' निर्देशक सिमोस सुनवारसँग पनि ६० प्रतिशत मुनाफामा उनीहरु काम गर्दैछन् । 
Most Visited News (monthly)