Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप स्टारर ‘कप्स’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/29
जेठ १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘कप्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । साम्राट सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर 'एक्सन प्याक्ड' छ । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा फिल्म आधारित रहेको ट्रेलर बोल्छ । 
 
 
खलपात्रमा अत्याधिक रुचाइएका अनुपले यस फिल्ममा एक सच्चा प्रहरी अफिसरको भूमिका निभाएका छन् । उनी डीएसपी अमन सिंहको भूमिकामा छन् । ‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् । 
 
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । 
 
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ ।  फिल्मलाई वि.के. फिल्मस् र जय श्री पाथीभराले वितरणको जिम्मा लिएका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

 

Most Visited News (monthly)