Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

झरनाको ‘भागवत गीता’ मा अनमोल र सुहाना !

फिल्मीखबर, काठमाण्डौ, 2019/04/28
 
नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' को सफलतापछि अभिनेत्री टर्न निर्देशक झरना थापाले यस वर्ष नयाँ नाममा फिल्म निर्माण गर्ने भएकी छन् । फिल्मको नाम हो ‘भागवत गीता’ । झरना यो फिल्म 'ए मेरो हजुर २' रिलिजपछि निर्माण गर्ने तयारीमा थिइन् । तर, विभिन्न कारणले केही पछाडि धकलिएको थियो । 
 
अब भने यो फिल्म यस वर्ष निर्माण हुने निश्चित भएको छ । फिल्मका लागि लिड कलाकार पनि फाइनल भएका छन् । झरनाको तेस्रो निर्देशनमा बन्ने यस फिल्ममा 'ए मेरो हजुर ३' को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने तय भएको छ । झरनाले यसको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् । 
 
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा अनमोल र सुहानासँगको एक तश्बिर साझेदार गर्दै अंग्रेजीमा लेखेकी छन्, 'विथ माई भागवत गीता ।' 'ए मेरो हजुर ३' रिलिज लगत्तै अनमोलले यो फिल्मको स्क्रिप्ट पढेका थिए । उनीसँग केही दिन अगाडि निर्माण टिमको कागजी सम्झौता भएको जानकारी प्राप्त छ । 
 
 
फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । केही दिनमा अभिनेत्री सुहानाको जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माता थापा छन् । 'ए मेरो हजुर ३' पछि धेरै दर्शकले अनमोल र सुहानाको जोडी फेरि हेर्ने इच्छा व्यक्त गरेका थिए । अन्ततः ‘भागवत गीता’ मा दुईको जोडी बाँधिएको छ । यसमा अनमोल 'भागवत' र सुहाना 'गीता' को भूमिकामा प्रस्तुत हुनेछन् । 
Most Visited News (monthly)