Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टर्‍यो सलमान र रणवीरको भिडन्त

एजेन्सी, मुम्बई, 2019/04/28
 
यस वर्षको क्रिसमसको छेकोमा बलिउड बक्सअफिसमा दुई ठूला फिल्म रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनको 'ब्रह्मास्त्र' को भिडन्त सुपरस्टार सलमान खानको 'दबंग ३' सँग हुने लगभग पक्का थियो । तर, अब निर्माता तथा निर्देशक करण जोहर निर्मित फिल्म 'ब्रह्मास्त्र' ले २०२० को गर्मीसम्म रिलिज रोकेको छ । अर्थात् यस वर्ष फिल्म प्रदर्शन हुने छैन ।
 
सलमानले शुक्रवार दबंग ३ को एक पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरेका थिए । उनको लोकप्रिय फ्रेन्चाइज 'दबंग' को तेस्रो श्रृंखला यस वर्षको २० डिसेम्बरमा रिलिज हुनेछ । केही दिनयता यस फिल्मको धमाधम छायांकन चलिरहेको । यसलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । फिल्ममा अभिनेत्री सोनाक्षी सिन्हा पनि लिड रोलमा छिन् । 
 
'ब्रह्मास्त्र' का लेखक तथा निर्देशक अयान मुखर्जीले शनिवार एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, 'हामीले क्रिसमस २०१९ मा फिल्म रिलिज गर्ने घोषणा गरेका थियौं । तर, भिएफएक्स राम्रो बनाउनका लागि भिएफएक्स टिमलाई केही समय अझै चाहिएको छ ।' उनका अनुसार, यस फिल्ममा भिएफएक्सको अधिक प्रयोग हुँदैछ । 
 
अयान अगाडि लेख्छन्, 'भिएफएक्समा पर्याप्य समय दिनुपर्ने भएकाले हामी क्रिसमस २०१९ मा आउने नसक्ने भएका छौं । अब हामीले फिल्म २०२० को गर्मीसम्मलाई रोकेका छौं । हामी चाँडै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं ।'  यो फिल्म तीन भागमा बन्दैछ । डिम्पल कपाडिया र मौनी रोयको पनि यसमा प्रमुख भूमिका छ । 
Most Visited News (monthly)