Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रे’ गीतमा सुजतासँग रोमान्टिक देखिए दिवश (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/28
आउँदो असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सागरमाथि’ बोलको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ । राजेन्द्र त्रिपाठीको शब्द रहेको गीतमा गायक ओमले नै संगीत भरेका छन् । 
 
 
गीतमा फिल्मका लिड अभिनेता दिवश धिताल र अभिनेत्री सुजता थापा फिचर्ड छन् । पोखराको फेवातालमा डुंगा चलाउँदै सुजना र दिवश एकअर्कालाई आफ्नो प्रेम अभिव्यक्त गरिरहेका छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । 
 
यस फिल्मलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । यसको कथा पनि उनकै होे । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि फिल्मको कथा घुम्ने बताइएको छ । एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक फिल्ममा रहेको निर्देशक पौडेल बताउँछन् । 
 
सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्ममा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको पनि अभिनय छ । यस फिल्ममा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । राजेन्द्र त्रिपाठी यसका निर्माता हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)