स्वर्गीय शिव रेग्मीले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापालाई लिएर बनाएको लोकप्रिय फिल्म हो ‘ए मेरो हजुर’ । एक सामान्य युवक र धनाड्य युवतीको प्रेमकथा बुनिएको यो फिल्म आज हेर्दा पनि सबैलाई अपनत्त्व महशुस हुन्छ । निर्देशक रेग्मीसँगै झरना र श्रीकृष्णको करिअरको एउटा सम्झनलायक फिल्म हो यो । यस फिल्मका गीतसंगीत अझै पनि उस्तै लोकप्रिय छन् ।
 (4).jpg)
 (2).jpg)
 (1).jpg)
यो फिल्मलाई करीब डेढ दशकपछि अभिनेत्री टर्न निर्देशक झरना थापाले सिरिजको रुपमा अगाडि बढाएकी छन् । यही फिल्मको दोस्रो पार्टबाट उनले निर्देशनमा डेब्यू गरिन् । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता सलिनमान बनिया लिड रोलमा थिए । नेपालमा हिट फिल्मका सिरिजहरु राम्रो चलिरहेको अवस्थामा ‘ए मेरो हजुर २’ ले पनि लोभलाग्दो व्यापार गर्यो ।
सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी झरनाले निर्देशनमा पनि सफलता हासिल गरिन् । त्योभन्दा पनि ठूलो कुरा उनले ‘ए मेरो हजुर’ को साख गिर्न दिइनन् । नयाँ छिमलका युवापुस्तामा फिल्मको गजबको क्रेज निर्माण गरिन् । यो फिल्मको सफलतापछि झरना फिल्म ‘भागवत गीता’ बनाउन कसिइन् । तर, वितरकले ‘ए मेरो हजुर ३’ बनाउन सल्लाह दिएपछि उनले पनि नयाँ नाममा फिल्म बनाउन जोखिम उठाइनन् ।
ब्रान्ड नाम बनिसकेको ‘ए मेरो हजुर’ को तेस्रो सिरिज गत वर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको छ । यसलाई झरनाले निर्देशन गरेकी हुन् । यो फिल्मबाट उनले आफू हिँडेको बाटोमा छोरी सुहानालाई पनि ल्याएकी छन् । अर्थात् सुहानाले यस फिल्ममा प्रमुख भूमिका निभाएकी छन् । अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसी उनको अपोजिटमा छन् । यो फिल्मले प्रदर्शनको दुई हप्ता आकर्षक व्यापार गर्यो ।
 (3).jpg)
 (5).jpg)
 (1).jpg)
पहिलो हप्ताको व्यापारबाटै निर्माता सुनिल कुमार थापाको लगानी सुरक्षित भएको थियो । दुई हप्तासम्ममा फिल्मले कुल ७ करोड ८४ लाखको व्यापार गरेको छ । फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भइसकेको छ । यो अनमोल केसीको करिअरको सबैभन्दा धेरै कमाउने फिल्म समेत बनेको छ । शुक्रवारबाट फिल्म तेस्रो हप्तामा प्रदर्र्शनरत छ । यो फिल्मबाट झरनाकी छोरी सुहानाले राम्रो सम्भावना देखाएकी छन् ।
‘ए मेरो हजुर ३’ मा अनमोलको भन्दा सुहानाको भूमिका र अभिनय पावरफूल छ । फिल्ममा उनले अनमोललाई पूरै छायाँमा पारेकी छन् । धेरैको उनको अभिनयलाई चमत्कारी बताएका छन् । जबरजस्त अभिनयले डेब्यू फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग बनाएकी उनको अब दोस्रो फिल्म कुन हुनेछ भन्ने धेरैलाई चासो छ । फेरि घरकै फिल्म गर्छिन् वा बाहिरको ? उनका प्रशंसक जान्न इच्छुक छन् ।
 (2).jpg)
 (6).jpg)
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, निर्देशक झरना ‘ए मेरो हजुर ३’ को सफलतापछि अब पाइपलाइनमा रहेको प्रोजेक्ट ‘भागवत गीत’ सुरु गर्ने सोचमा छिन् । तर, वितरकले भने ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । केही दिनमा झरनाले छोरी सुहानाको जन्मदिनमा नयाँ फिल्म घोषणा गर्न लागेको स्रोत बताउँछ । ‘ए मेरो हजुर ४’ वा ‘भागवत गीत’ मध्ये एकमा सुहाना हुने प्रवल सम्भावना छ ।

