Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा ‘दबंग ३’ भर्सेस ‘ब्रह्मास्त्र’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/27
सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ २० डिसेम्बरमा प्रदर्शनमा आउने निश्चित भएको छ । शुक्रवार सलमानले आफ्नो आधिकारिक फेसबुक, ट्विटर, इन्टाग्राममार्फत् फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा निर्माता तथा निर्देशक करण जोहरको तीन भागमा बन्न लागेको फिल्म 'ब्रह्मास्त्र' को पहिलो भाग पनि प्रदर्शनमा आउने चर्चा छ । 
 
 
औपचारिक रुपमा फिल्मको प्रदर्शन मिति घोषणा नभए पनि निर्माता करणले २०१९ को क्रिसमसमा फिल्म रिलिज हुने जानकारी दिएका थिए । अयान मुखर्जी द्वारा निर्देशित फिल्ममा रणबीर कपूर, आलिया भट्ट र अमिताभ बच्चन प्रमुख भूमिकामा छन् । शुक्रवार 'दबंग ३' को रिलिज डेट घोषणा भएपछि 'ब्रह्मास्त्र' एक हप्ता पछाडि सर्ने सम्भावना रहेको भारतीय मिडियाले बताएका छन् । 
 
'दबंग ३' को सार्वजनिक पोस्टरमा सलमानलाई पुलिसको बर्दीमा देख्न सकिन्छ । यद्यपि, उनको अनुहार भने देखाइएको छैन । पोस्टरमा सलमानले लगाएको बर्दीमा 'चुलबुल पाण्डे' लेखिएको छ । यो फिल्ममा उनको चरित्रको नाम हो । केही दिनयता यस फिल्मको धमाधम छायांकन चलिरहेको । यसलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । यसअघि उनले सलमानलाई 'वान्टेड' मा एक्सन- कट गरेका थिए । 
 

सलमान खान फिल्म्स र अरबाज खान प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा सोनाक्षी सिन्हा पनि लिड रोलमा छिन्, जो रज्जोको भूमिकामा हुनेछिन् । यस फिल्मको पहिलो भागबाट उनले डेब्यू गरेकी थिइन् । सलमानको यो फिल्ममा अभिनेता शाहरुख खानको पनि प्रवेश हुने सम्भावना छ । फिल्ममा उनको केमियो रहने चर्चा छ । तर, यसको औपचारिक जानकारी निर्माण टिमले दिएको छैन । 
Most Visited News (monthly)