Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ गीतमा प्रियंकाको बोल्ड ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2019/04/26
बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक भएको छ । ‘एन्टिबायोटिक खाऊँला’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड ठुम्का लगाएकी छन् । गीतमा मिना निरौलाको स्वर छ । गीतको शब्द बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । 
 
 
गीतको भिडियो चितवनमा खिचिएको हो । यो फिल्ममा अभिनेत्री प्रियंका कार्की सार्वजनिक गीतमा मात्र देखिनेछिन् । यसअघि मह सञ्चारले बनाएको फिल्म 'शत्रु गते' मा भने उनी लिड रोलमा थिइन् । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । 'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथा भन्छ । 
 
यसमा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुताले फिल्ममा लिड रोल निभाएकी हुन् । ‘दाल भात तरकारी’ मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायतको अभिनय छ । फिल्मका निर्देशक सुदन केसी हुन् । 
 
फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो ।  मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, सुमित मैनाली, अनुराग कुँवर, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ । यस फिल्मले एकल रिलिजको अवसर पाएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)