
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गरुड पुराण’ को पहिलो गीत युट्युबमार्फत वर्ल्ड वाइड रिलिज भएको छ । ‘म त पिरिममा...’ बोलको आइटम गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन फिचर्ड छन् । गीतमा कोशिश क्षेत्रीको संगीत छ ।
यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । गायन, संगीत र शब्दको उत्कृष्ट संयोजन रहेको गीतमा बजार पिट्ने तागत देखिन्छ ।
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशक सुबास कोइरालाले बताए । नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।
गीत हेर्नुहोस् :-

