Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउथ फिल्ममा अमिताभको डेब्यु, बाहिरियो लुक्स

एजेन्सी, मुम्बई, 2018/10/11
बलिउड सुपरस्टार अमिताभ बच्चनले साउथ इन्डियन फिल्ममा डेब्यु गरेका छन् । यस फिल्ममा उनको लुक्स जन्मद‍िनको अवसरमा सार्वजनिक गरिएको छ ।  फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोल गरेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ । 
 
 
भिडियोमा अमिताभ सेताम्मे दाह्री-जुँगा र निधारमा रातो टिका लगाएर देखिएका छन् । यो फिल्ममा सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । उक्त फिल्ममा अमिताभले मात्र केमियो रोल गरेका छन् । हालैमा यसको छायांकन हैदराबादमा भएको थियो । 
 
चिरञ्जीवीको यो फिल्ममा नाम सई रा नरसिम्हा रेड्डी छ । सो फिल्मको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । आफ्नो भूमिकाको बारेमा केही दिन अगाडि अमिताभले आफ्नो ब्लगमा बताएका थिए । 
 
उनले लेखेका थिए, 'म इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु ।' यो फिल्म चार भाषा तेलुगू, तम‍िल, कन्नड र मलयालममा रिलिज हुनेछ । ‘सई रा नरसिम्हा रेड्डी’ का निर्देशक सुरेन्दर रेड्डी हुन् । 
 
मोसन टिजर :-

Most Visited News (monthly)