Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लय र रेखालाई ‘हरितारा चलचित्र पुरस्कार’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/11
 
यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । 
 
झन्डै दुई दशकदेखि निर्देशक संग्रौला र अभिनेत्री थापाले नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको अथक योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ । यस्तै, उत्तम केसी र विजय रत्न तुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । 
 
यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई 'परिवर्तन सम्मान २०७५' बाट सम्मान गरिने समेत निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख छ । नेपालको फिल्म सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।
Most Visited News (monthly)