Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रणवीर’ मा शुशील र प्रशान्तको एङ्ग्री लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/10/11
माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रणवीर’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । नायिकालाई स्थान नदिइएको पोस्टरमा अभिनेता र खलनायकबीचको द्वन्द्व देखाइएको छ । पोस्टरले नै फिल्म एक्सन प्याक्ड रहेको खुलाउँछ । 
 
 
निकै मिहिनेतका साथ तयार पारिएको मोसन पोस्टरमा अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकारको एङ्ग्री लुक्स समावेश गरिएको छ । ‘फिल्मको एउटा कथा यस पोष्टरले भन्छ’, निर्देशक गोविन्द सिंह भण्डारीले बताए । फिल्ममा उनकै कथा, पटकथा तथा संवाद छ । 
 
बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ र एक्सन ड्रामा फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता द्वय थापा र रेग्मीले बिना सम्झौता फिल्म बनाएको बताएका छन् । 
 
‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ । 
 
मोसन पोस्टर :-

Most Visited News (monthly)