‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले फिल्म निर्माण गर्ने भएका छन् । ‘सावा ब्याज’ नाम राखिएको फिल्मको मंगलबार एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।
.jpg)
फिल्मले समाजमा घटिरहेको यथार्थ घटनालाई देखाउने डेब्यु निर्देशक देविन राईले बताए । कात्तिकको तेस्रो साताबाट फ्लोरमा निस्कन लागेको फिल्ममा ओस्कार कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मी श्रेष्ठको प्रमुख भूमिका रहनेछ ।
करीब ३ बर्षको अध्ययन र मिहिनेत पश्चात् ओस्कार कलेजका विद्यार्थीहरुले उक्त फिल्म निर्माण गर्न लागेका हुन् । आशिष लिम्बुले खिच्ने फिल्मको पूर्वीय पहाडी भेग तथा मकालु र काठमाडौंमा छायांकन हुनेछ ।
निकै कम लगानीमा फिल्म निर्माण हुन लागेको हो । फिल्मलाई देगेन्द्र कुमार राई र बिपिन राईले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । प्रवेश र रश्मीले कथावस्तु उत्कृष्ट लागेका कारण फिल्ममा काम गर्न लागेको बताए ।

