Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रेस ३’ नचलेपछि रेमोको फिल्म सलमानले गरे रिजेक्ट

एजेन्सी, मुम्बई, 2018/10/10
‘रेस ३’ फ्लप भएपछि बलिउड सुपरस्टार सलमान खानले निर्देशक रेमो डिसूजाको नयाँ फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । रेमो स्वयमले यो कुराको जानकारी दिएका छन् । ‘रेस ३’ को आलोचनाका कारण नयाँ फिल्मको काम रोकिएको छ’, उनले भने ।  
 
'बजरंगी भाईजान' निर्देशक कबीर खानपछि रेमो दोस्रो निर्देशक हुन्, जोसँग सलमानले यस्तो गरेका हुन् । रेमोले सलमानलाई लिएर बनाउन लागेको नयाँ फिल्म छोरा र पिताको इमोसनल सम्बन्धमाथि थियो । यो स्क्रिप्ट उनले ‘रेस ३’ भन्दा अगाडि नै सलमानलाई सुनाएका थिए । 
 
 
सलमानलाई कहानी औधि मनपरेको थियो र रेमोसँग काम गर्ने मौखिम सहमती पनि भएको थियो । अब ‘रेस ३’ को उदेकलाग्दो नतिजाले फिल्मको काम रोकिएको छ । अहिले सलमान फिल्म 'भारत' गर्दैछन् । यसपछि 'दंबग ३' को छायांकनमा व्यस्त हुनेछन् । 
 
लगातार बच्चा केन्द्रित फिल्म गर्नु उचित नहुने भन्दै सलमानले फिल्म गर्न अस्वीकार गरेको रेमोले बताएका छन् । 'ट्यूबलाइट' मा उनले बालबुद्ध‍ि भएको युवकको भूमिका निभाएका थिए । 'बजरंगी भाईजान' एक बालिकाको वरिपरि फिल्म घुमेको थियो । फेरि अर्को बच्चा केन्द्रित फिल्म गर्दा करिअरलाई असर गर्ने सलमानको बुझाई छ । 
 
रेमो निर्देशित फिल्म ‘रेस ३’ को ट्रेलर आएपछि दर्शकले यसलाई बकवास भन्न थालेका थिए । फेरि रिलिजपछि फिल्म दुनियाँको सबैभन्दा सय खराब फिल्मको लिस्टमा सुचिकृत भयो । फिल्मको कन्टेन्टलाई लिएर दर्शक र समीक्षकले रेमो डिसूजाको कडा आलोचना गरेका थिए । सलमानमाथि भने कम औंला उठ्यो ।
Most Visited News (monthly)