Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान र प्रियंकाको ‘राधा २’ बन्यो ‘प्रेम दिवस’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/10
‘राधा २’ वर्किङ टाइटल राखेर स्क्रिप्ट र कलाकार फाइनल गरिएको फिल्मको नयाँ नाम घोषणा गरिएको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रमुख भूमिका रहने फिल्म अब ‘प्रेम दिवस’ नाममा निर्माण हुनेछ । घटस्थापनाको अवसरमा फिल्मको मुहूर्त गरिएको छ । 
 
 
मैतिदेवी मन्दिरमा गरिएको शुभ साइतमा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नव-नायक विशाल खरेल उपस्थित थिए । प्रियंका देश बाहिर भएका कारण उपस्थित हुन सकिनन् भने आयुष्मानलाई खबर गर्नै विर्सिएको निर्देशकले बताए । 
 
कात्तिक पहिलो साताबाट छायांकन हुने फिल्ममा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र बसन्त सापकोटाको संगीत रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मलाई हरि लामाले खिच्नेछन् । 
 
इलाम र झापामा छायांकन हुने फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी पाएका छन् । म्यूजिकल लभस्टोरी बताइएको फिल्ममा प्रियंकासँग आयुष्मान र विशालले रोमान्स गर्नेछन् । खबरअनुसार, फिल्मलाई प्रेम दिवसको छेकोमा रिलिज गरिनेछ । 
Most Visited News (monthly)