कात्तिक ३० गते प्रदर्शनमा आउने फिल्म ‘गुनगुन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सञ्चिता लुईंटेल, रविन्द्र प्रताप सेन र सुवास मेचेको लिड रोल रहेको फिल्मको ट्रेलरमा प्रेम, विछोड, रोमान्स, द्वन्द्व देखाइएको छ ।
.jpg)
प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको पनि अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै फिल्ममार्फत् निर्देशनमा डेब्यु गरेका हुन् । एकराज उप्रेती र सहदेव पौडेलको संयूक्त लगानीमा फिल्म निर्माण भएको हो ।
मोहन प्रसाद भट्टराई र गणेश चापागाईँ सह-निर्माता रहेको ‘गुनगुन’ मा विकाश चौधरी र महाराज थापाको संगीत छ । श्रीकृष्ण श्रेष्ठ र समिर मियाको भिएफएक्स रहेको फिल्ममा सम्राट थापाको ब्याकग्राउन्ड स्कोर छ ।
ट्रेलर हेर्नुहोस् :-

