Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब हाँस्ने फिल्म मात्र बनाउँदैनौं : दीपाश्री निरौला

फिल्मीखबर, काठमाण्डौ, 2018/10/09
बर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ बुधबार अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउँदैछ । सोलो रिलिजको अवसर पाएको फिल्मले देशभरका अधिकांश सिंगल पर्दामा आफ्नो उपस्थिति जनाउँदैछ भने मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० शो पाएको छ  
 
'पहिलो नम्बरमा' र 'पछि उमेर ढल्किन्छ' बोलको गीतले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर हुने फिल्मी पण्डितहरुको आँकलन छ । दीपाश्री निरौला निर्देशित फिल्मले पहिलो दिन नै करोडमाथि कलेक्सन गर्ने अनुमान लगाईएको छ ।
 
दशैंको अवसर भएपनि यसपटक ‘छक्का पञ्जा ३’ लाई शनिबारबाहेक सार्वजनिक विदा छैन । निर्देशक दीपाश्री भने बिना विदा प्रदर्शनमा आउनुलाई चुनौती र अवसरका रुपमा लिन्छिन् । ‘‘छक्का पञ्जा २’ भन्दा अगाडि हाम्रा कुनै पनि फिल्म विदामा आएका थिएनन् । सबै सुपरहिट भएकै हुन्’, उनले भनिन् । 
 
‘छक्का पञ्जा’ का दुई सिरिज बक्सअफिसमा सुपरहिट साबित भएपनि समीक्षकको नजरमा उत्कृष्ट ठहरिएनन् । दर्शकले पनि फिल्मलाई जोक्सहरुको भण्डारको आरोप लगाए । यसपटक जस पाउन टिमले कन्टेन्टमा चुनौती मोलेको छ । जातीय विभेद, बेरोजगार, विद्यालयमा हुने राजनीतिको कथा फिल्मले वाचन गर्छ । 
 
 
'यसपटक हामीले इश्युमा काम गरेका छौं । यो हाम्रो लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । यसपाली हाँस्ने मात्र फिल्म बनाएका छैनौं हामीले' दीपाश्री भन्छिन्, 'कन्टेन्टमा कमेडी मिसाएका छौं । सधैं हाँसेर मात्र पूर्ण फिल्म हुँदैन ।' 
 
‘छक्का पञ्जा ३’ मा संवेदनशिल कन्टेन्टसँगै आफ्नो जनरा पनि नछोडेको दीपाश्रीको भनाई छ । उनले अब आफूहरु कमेडी फिल्म मात्र नबनाउने बताइन् । 'हामी चल्ने र विक्ने फिल्म बनाउँछौं । अब एउटा पूर्ण फिल्म बनाउने कोशिश गर्छौं', उनले भनिन् । 
 
'पेशा फेरियो, जात पनि फेरियो, पहिला बेरोजगार थिएँ अहिले रोजगार छ' फिल्ममा दलितको भूमिका निर्वाहा गरेका कलाकार केदार घिमिर भन्छन्, 'यसपटक कन्टेन्टमा छौं । कथाले जति माग्छ त्यो भन्दा बढी केही छैन । मेरो भूमिका दर्शकले फरक पाउनुहुन्छ ।' 
 
हास्यकलाकार जितु नेपालले यसपटक आफूले गम्भीर भूमिका निर्वाहा गरेको बताए । 'हाँस्न त हाँस्छन् तर मैले यसपाली हसाउनकै खातिर मैले अभिनय गरेको छैनँ', जितुले भने । उनी फिल्ममा शिक्षकको भूमिकामा छन् । अभिनेत्री दीपिका प्रसाईँ भने कमेडियनहरुको हुलमुलमा आफू हराउने डर नभएको बताएकी छिन् । 
 
पहिलो पटक दीपक-दीपा क्याम्पमा भित्रिएकी अभिनेत्री प्रसाईँ भन्छिन्, ‘'ऐश्वर्य' भन्दा ‘छक्का पञ्जा ३’ मा भूमिका आकाश-जमिनको फरक छ । भूमिका बलियो भएरै काम गरेको हुँ । कसैको कारण छाँयामा पर्छु भन्ने डर छैन ।’  फिल्ममा उनको जोडी दीपकराज गिरीसँग बाँधिएकोे छ । 
Most Visited News (monthly)