Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको नेपाली फिल्मले जित्यो २ पुरस्कार

एजेन्सी, मुम्बई, 2018/10/09
 
अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सनमा निर्मित नेपाली फिल्म 'पाहुना' लाई जर्मनीको 'श्लिंगेल अन्तर्राष्ट्रीय बाल फिल्म महोत्सव' मा सर्वश्रेष्ठ फिल्म (ज्यूरी च्वाइस) र अन्तर्राष्ट्रीय फिचर फिल्मको श्रेणीमा प्रोफेशनल ज्यूरीद्वारा 'विशेष उल्लेख' पुरस्कार प्रदान गरिएको छ । 
 
सोमवार प्रियंकाले 'पाहुना' माथि आफूलाई सुरुवातदेखि नै भरोसा रहेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘पहुना’ एक यस्तो फिल्म, जसमाथि मलाई सरुदेखि नै भरोसा थियो । संसारभरबाट मिलेको प्रतिक्रियाबाट खुसी छु ।' निर्देशक पाखी ए टायरवालाले फिल्ममा दृढ विश्वास देखाएकोमा प्रियंकालाई धन्यवाद दिएकी छिन् । 
‘पहुना’ तीन नेपाली बच्चाको कहानी हो, जो आफ्नो माता-पिताबाट अलग हुन्छन् र नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुग्छन् । गएको वर्ष ‘टोरन्टो अन्तर्राष्ट्रीय फिल्म उत्सव’ (टीआईएफएफ) मा ‘पहुना’ को विश्व स्तरमा प्रिमियर गरिएको थियो । फिल्म सिक्किम भाषामा बनेको छ । 
Most Visited News (monthly)