Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघका अध्यक्ष बोगटीको निधन

फिल्मीखबर, काठमाण्डौ, 2018/10/09
कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।
 
 
अस्पताल पुर्‍याएलगत्तै अस्पतालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । 
 
२ वर्ष अगाडि चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका बोगटी 'स्वाभिमान' र 'माया गर ल' फिल्मका निर्माता समेत हुन् । उनले दर्जन बढी फिल्म तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् । 
Most Visited News (monthly)