Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकालाई ट्रेलरमै अट्न मुश्किल !

फिल्मीखबर, काठमाण्डौ, 2018/10/08
केही वर्ष अगाडिसम्म निर्माता/निर्देशकलाई लाग्थ्यो, अभिनेत्री प्रियंका कार्कीलाई फिल्ममा लिएपछि हलमा दर्शकको कमी हुन्न । अभिनेत्री रेखा थापाबाट 'नम्बर वान नायिका' को ट्याग समेत उनले आफ्नो मुठ्ठीमा पारिसकेकी थिइन् । तर, त्यो असारे भेल जस्तै भयो । 
 
उनले जति चाँडो फिल्म क्षेत्रमा आफ्नो पकड जमाइन् उत्तिनै चाँडै कमजोर पनि बन्दै गएकी छन् । अहिले उनकोे स्टारडम शिथिल भएको छ । हप्तैपिच्छे पर्दामा आउनु, जस्ता पनि फिल्म गर्नु र आलोचनाले साथ नछाड्नु उनको स्टारडम गुम्नुको मुख्य कारण हो । 
 
अहिले उनलाई दुई फिल्मका सिरिजले मात्र जोगाएको छ । 'छक्का पञ्जा' को हरेक सिरिजमा दीपक-दीपाले उनलाई छुटाउँदैनन्, चाहे छोटै भूमिका किन नहोस् । उता 'नाईँ नभन्नू ल' फेम्ड निर्देशक विकासराज आचार्यको साथ छ । दुई फिल्मको सिरिजकै भरले उनको फिल्मी यात्रामा जेनतेन थेगिएको छ । 
 
 
उनी हरेक हप्ता नयाँ-नयाँ फिल्ममा अनुबन्ध भएको खबर मिडियामा आइरहेको हुन्छ । निर्माताहरु आफ्नै पछि दौडिएको देख्दा प्रियंका दंग छिन् । तर, रमाइलो के हुन थालेको छ भने फिल्ममा अभिनय भएपनि प्रचार सामाग्रीमा भने उनलाई देख्नै मुश्किल हुन्छ अचेल । 
 
निर्माता/निर्देशकले गीतमा प्रियंकालाई प्रशस्तै 'स्पेस' दिन्छन् । जब ट्रेलरको पालो आउँछ तब उनलाई लुकाइन्छ । तात्तातो उदाहरण 'लिलिबिली', 'छक्का पञ्जा ३' र हालै सार्वजनिक भएको फिल्म ‘चङ्गा चेट’ को ट्रेलर हो । धेरैले यसको पछाडिको कारण, प्रियंकाको गुम्दै गएको स्टारडम मान्दछन् । 
 
हरेक हप्ता पर्दामा आउने अभिनेत्रीको फिल्म हेर्न दर्शकमा उत्सुकता नहुने हुँदा सकभर निर्माता/निर्देशक प्रियंकालाई ट्रेलरमा लुकाउने धाउन्नमा देखिन्छन् । आइतबार सार्वजनिक भएको ‘चङ्गा चेट’ को ट्रेलरमा उनको एक साइन संवाद पनि राखिएको छैन । जबकि उनी फिल्मकी लिड हिरोइन हुन् । 
 
उनीमाथि दुई अभिनेत्री द्वय सुरक्षा पन्त र परमिता आरएल राणा हाबी छन् । दर्शकलाई हलसम्म तान्ने अन्तिम अस्त्र ट्रेलर हो । तर, प्रियंका अब फिल्मको प्रमुख प्रचार सामाग्रीमा नै अट्न छाडेकी छन् । क्या तनाव !
Most Visited News (monthly)