Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बादशाह जुट’ गीतमा एक लाखको काफल (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/10/08
पौष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बादशाह जुट’ को अफिसियल गीत सार्वजनिक भएको छ । 'काफल पाक्यो...' बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमसँग ठुम्का लगाएकी छन् । 
 
 
लोक फ्लेवरको गीतमा राजनराज सिवाकोटीको स्वर छ । उनले पहिलो पटक आफ्नो शब्द तथा संगीत नभएको गीतमा आवाज भरेका हुन् । उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । डिपी खनालको शब्द रहेको गीतमा कृष्ण भारध्वजको संगीत छ । 
विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो उत्तम हुमागाइँले खिचेका हुन् । गीतमा देखाइएको काफल आटिफिसियल रहेको निर्देशक जोनी सिंह राणाले बताए । 'अफसिजनका कारण काफल नेपालमा पाइएन । मुम्बईबाट बनाएर नेपाल ल्याउँदा नक्कली काफल हिरा भन्दा कम परेन । झन्डै एक लाख लाग्यो', उनले भने । 
 
एक बलिउड फिल्म समेत निर्देशन गरिसकेका जोनीका अनुसार ‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथा हो । फिल्मलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । प्रियंकाको फिल्ममा गीतसँगै विशेष भूमिका रहेको बताइएको छ । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । 
 
 
एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
 
गीत हेर्नुहोस् :- 

Most Visited News (monthly)